डोटीको जनज्योति विद्यालयमा तोडफोड

डोटी – डोटीको सायल गाउँपालिका – २ ग्वानीमा रहेको जनज्योेती आधारभूत विद्यालयमा तोडफोड भएको छ । बिहीबार रातीको अज्ञात समुहले विद्यालयमा तोडफोड गरेको हो । विद्यालयको ताला तोडी कार्यालय भित्र रहेका विभिन्न कागजात च्यातेर यत्रतत्र फालिएको अवस्थामा फेला परेको जनाएको छ ।

maya metro hospital

विद्यालयका केही कागजात सडकामा फालेको अवस्थामा भेटिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष धन बहादुर सिंहले बताएका छन । विद्यालयमा कसले र किन तोडफोड ग¥यो भन्ने खुल्न नसकेको उनले बताए ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताएका छन । गत असारमा यो विद्यालय भवानी माद्यामिक विद्यालयसँग मर्ज भएको थियो ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.