चौकीडाँडामा रहेको सरस्वती आधारभुत विद्यालयलाई सामग्री सहयोग

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका– ३ चौकीडाँडामा रहेको सरस्वती आधारभुत विद्यालयलाई सामग्री सहयोग गरिएको छ । अत्तरियामा रहेको कालसैनी फर्निचर उद्योगका सञ्चालक सोही वडा निवासी रमेश भट्टराईले विद्यालयलाई बालविकासका बालबालिकाका लागि सिकाई सामग्री, बल, दराज तथा टेबुल सहयोग गरेका हुन ।

maya metro hospital

उनले विद्यालयमा उक्त सामग्रीहरुको आवश्यकका बारेमा जानकारी पाएपछि आफुले सहयोग गरेको बताए । ‘उक्त विद्यालयमा मेरो आमाले अध्यापन गराउनुहुन्छ, उहाँबाट मैले विद्यालयमा विभिन्न सामग्रीहरुको अभाव रहेको जानकारी पाए’ उनले भने ‘त्यसपश्चात उहाँकै सल्लाहमा मैले विद्यालयलाई उक्त सामग्रीहरु सहयोग गरेको हुँ ।’

joshi vada pasal 2

वडामा रहेका विपन्न वर्गका बालबालिकाहरु अध्ययनरत उक्त विद्यालयमा बालविकास कक्षा सञ्चालन रहेपनि बालबालिकाहरुका सिकाई सामग्रीहरु नहुँदा समस्या हुने गरेको थियो । उक्त समस्याको समाधानका लागि आफुले बालविकासका बालबालिकाहरुका सिकाइ सामग्रीहरु पनि सहयोग गरेको भट्टराईले बताए । उनले उक्त सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिशंकर जोशीलाई हस्तान्तरण गरेका थिए ।

अध्यक्ष जोशीले विद्यालयमा सञ्चालनमा रहेको बालविकास कक्षाहरुका लागि अभाव रहेका सामग्री प्राप्त भएपछि खुसी व्यक्त गरे । उनले प्राप्त सामग्रीले आगामी दिनमा बालविकासका बालबालिकाहरुको सिकाईमा सहजता हुने बताए । उनले विद्यालयलाई सामग्री सहयोग गर्ने भट्टराईलाई धन्यवाद ज्ञापन गरे । भट्टराई अत्तरिया उद्योग वाणिज्य संघका सदस्य पनि हुन । उनकी आमा सुशिला देवी भट्टराई सो विद्यालयमा बालविकास कक्षामा अध्यापन गराउदै आएकी छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.