दार्चुलाको आकाशमा अनधिकृत भारतीय हेलिकप्टरको फन्को

दार्चुला – दार्चुलामा भारतले अनधिकृत रुपमा हेलिकप्टर उडाएको छ । नेपाली प्रशासनसँग समन्वय नै नगरेर एकलौटी ढंगले दार्चुलास्थित नेपाली आकाशमा भारतीय पक्षले तारन्तार हेलिकप्टर उडाइरहेको हो ।

maya metro hospital

केही दिनयता दार्चुला सदरमुकाम खलंगाको आकाशमा भारतीय हेलिकप्टरले फन्को लगाइरहेको महाकाली नगरपालिका–५ का स्थानीय धनसिंह कार्कीले जानकारी दिए ।

‘५÷६ दिन भयो, भारतीय हेलिकप्टर खलंगाको आकाशमा फन्को लगाएर जान्छ,’ उनले भने, ‘सरकारी अड्डामाथि हेलिकप्टरले फन्को लगाउँछ ।’ भारतीय पक्षले नेपाली आकाशमा हेलिकप्टर उडाउनका लागि नेपाली प्रशासनसँग कुनै समन्वय गरेको छैन ।

attariya hospital

भारतीय पक्षले नेपाली आकाश प्रयोगका लागि कुनै औपचारिक जानकारी नगराएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामी बताए ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दुई वर्षअघि तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका व्यास गाउँपालिका–२ का जयसिंह धामीको खोजीका लागि नेपाली प्रशासनलाई नदीमा ड्रोन समेत चलाउन दिएको थिएन ।

दार्चुलाको सीमा क्षेत्रमा भारतीय पक्षले पटक पटक बलमिच्याँइ गर्दै आएको छ । यसअघि पनि धेरै पटक नेपाली प्रशासनसँग समन्वय नै नगरेर भारतले दार्चुलाको आकाशमा हेलिकप्टर उडाएको थियो ।

बिना जानकारी नेपाली आकाशमा भारतीय पक्षले हेलिकप्टर उडाएपछि दार्चुला प्रशासनले लिखित आपत्ति जनाएको छ । भारतीय प्रशासनलाई पत्राचार गर्दै अनुमतिबिना नेपाली आकाशमा हेलिकप्टर किन उडाएको भनेर जवाफ मागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् ।

२० साउनमा भारतीय प्रशासनलाई पत्राचार गरेपनि अहिलेसम्म त्यसको जवाफ नआएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.