दार्चुला – दार्चुलामा फोहोर फाल्ने टिप्पर दुर्घटनामा परेको छ । आइतबार सदरमुकाम खलंगा बजारको फोहर संकलन गरी डम्पिङ्ग साइटमा फाल्न जाने क्रममा महाकाली नगरपालिका–५ किम्तडीभिरमा टिप्पर दुर्घटनामा परेको हो ।


महाकाली नगरपालिकाको से १ ग ७६ नम्बरको फोहोर फाल्ने टिप्पर किम्तडीभिरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । टिपरको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा टिप्पर चालक महाकाली नगरपालिका–७ का दानसिंह धामी र वडा नं. ५ का सहचालक मनोज हुम्ली घाइते भएको र जिल्ला अस्पतालमा उपचारपछि दुवै जना डिस्चार्ज भईसकेका प्रहरीले जनाएको छ ।
