मेलौलीमा ‘एक हातमा भत्ता, अर्को हातमा थर्मस’

बैतडी – बैतडीको मेलौली नगरपालिका वडा वडा ८ ले ‘एक हातमा भत्ता, अर्को हातमा थर्मस’ कार्यक्रम लागु गरेको छ । गाउँटोलमै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको वडा कार्यालयले ज्येष्ठ नागरिकहरूलाई थर्मस उपहार दिइरहेको छ ।

Karma Consultancy

नियमित औषधी सेवन गर्ने र तातो पानीको प्रयोग गरिरहने ज्येष्ठ नागरिकहरूको सहजताको लागि थर्मस वितरण गर्न लागेको वडाअध्यक्ष तपेन्द्र विष्टले बताए । आर्थिक बर्ष २०७९/०८०मा विनियोजित १लाख ७२हजार रकममा थर्मसहरू खरिद गरेर वितरण गरिएको उनले बताए ।

citizen security services

भत्तासँगै उपहारमा थर्मस पाउँदा खुसि लागेको ज्येष्ठ नागरिक मगनी विष्टले बताए । बेलाबेलामा चिया र तातोपानी खाइराख्ने व्यक्तिका लागि पटक–पटक दाउरा बाल्नुपर्ने बाध्यता हटेको उनले बताए ।

attariya hospital

बिहानै पकाएको चिया दिनभर थर्मसमा राखेर सेवन गर्न सकिने उनले बताए । मेलौली नगरपालिकाले कुमारी बैङ्क लिमिटेडसँग समन्वय गरी टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.