कैलालीको स्याउले बजारबाट लागुऔषध सहित २ व्यापारी पक्राउ

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ स्याउले बजारबाट लागु औषध सहित २ व्यापारी पक्राउ परेका छन । बिहिबार लागु औषध सहित स्याउले बजारबाट चम्फा ट्याक्टरको पाटपुर्जाको पसल संचालक गरेका धनगढी उप–महानगरपालिका –५ हसनपुर का ३२ बर्षीय सरद चौधरी र जेयसके फेन्सी स्टोर पसल संचालका मधुसुदन पन्त पक्राउ परेका हुन ।

maya metro hospital

पक्राउ परेका चौधरीको साथबाट ६ ग्राम ७९० मिलीग्राम र पन्तको साथबाट २४० मिलिग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी गणेश बरालले बताएका छन ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.