दार्चुलामा ट्राफिक प्रहरीद्धारा बस चालक माथि हातपात

दार्चुला– दार्चुलामा ट्राफिक प्रहरीले बस चालकमाथि हातपात गरेका छन् । अस्थायी ट्राफिक प्रहरी पोष्ट गोकुलेश्वरका इन्चार्ज प्रहरी हवल्दार नवीन ठगुन्नाले महाकाली यातायाताको सु.प.प्र. ०२००१ ख ९४८ बसका चालक रमेश खत्रीमाथि हातपात गरेका हुन् ।

maya metro hospital

आइतवार बिहान उनलाई गोकुलेश्वर बजारमा हर्न बजाएको निहुँमा ट्राफिक हवल्दार ठगुन्नाले कठालो समात्दै हातपात गरेक थिए । ठगुन्नाले बसबाटै कठालो समातेर बाहिर निकाली लात्ताले हान्दै करिब दस मिटरको दुरीमा रहेको अस्थायी प्रहरी पोष्टमा ल्याएको चालक खत्रीले बताए ।

joshi vada pasal 2

गोकुलेश्वरमा महेन्द्रनगर, धनगढी लगायतका ठाउँबाट पुगेका बस, जिपहरु र छोटो दुरीमा चल्ने सवारी साधनको भिड थियो । उनले बस पार्किङमा लगाउँदै गर्दा हर्न बजाएको बताए ।

महाकाली यातायात, पवनदुत यातायात लगायत अन्य यातायात व्यवसायीले बस, जिपहरु बिच सडकमा लगाएर सो घटनाको विरोध गरेका छन । ठगुन्नाले चालक खत्री र यातायात व्यवसायीहरु सामु माफी मागेपछि बस, जिपहरु बिच सडकबाट हटाइएका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.