मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

maya metro hospital

कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार घटनास्थलमा असई निराजन बस्नेतको टोली पुगेको छ । असई बस्नेतले तीनजनाको शव फेला परेको बताएका छन ।

joshi vada pasal 2

आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो ।

हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली छन् । पाइलट टेकबहादुर गुरूङ रहेको प्रजिअ भट्टराईले बताए । अन्य यात्रु भने मेक्सिकोका नागरिक रहेको बताइएको छ ।

अपडेट : सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएको पुष्टि

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.