खाेज्नुहाेस

भाटभटेनी सुपर मार्केटका सञ्‍चालक मीनबहादुर गुरूङ पक्राउ

Image

भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले गुरूङलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो।

navjiwan hospital

ललित निवास जग्गा प्रकरणमा गुरूङ पक्राउ परेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायत पुष्टि गरे।

attariya hospital

२०७७ माघ २१ गते ललिता निवास जग्गा हिनामिना मुद्दामा विशेष अदालतले व्यवसायी गुरूङलाई दुई करोड धरौटीमा छोडेको थियो। सो मुद्दामा अनुसन्धान भइरहेको छ।

३९ करोड २७ लाख ६८ हजार बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।