दार्चुला – दार्चुलामा हिउँमा चिप्लिएर एक बालिकाको मृत्यु भएको छ । यार्सागुम्बा संकलन गरी परिवारका सदस्यसहित घर फर्किरहेकी खलंगास्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा ६ कक्षामा अध्ययनरत १४ वर्षीया आरती कार्कीको हिउँमा चिप्लिएर मृत्यु भएको हो ।


व्याँस गाउँपालिकाको हुमदुम्तीमा हिउमा चिप्लिएर घाईते भएकी बालिकाको परिवारका सदस्यले उपचारका लागि दार्चुला जिल्ला अस्पतालमा भर्ना गरेका थिए ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको हल्द्धानी रेफर गरिएको थियो । त्यहाँ लैजादै गर्दा बालिकाको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए ।
