कालीकोट – कालीकोटको शुभकालीका गाउँपालिका –६ को गविरामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।


कालीकोटको बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालीका जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप गविरामा दुर्घटना भएको हो ।

दुर्घटनामा जीप चालक शुभकालीका –२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका –८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले –३ का २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले बताए । घटनाबारे थप जानकारी आउन बाँकी रहेको रिमालले बताए ।
