बलात्कार आरोपमा दार्चुलामा वडाध्यक्ष पक्राउ

दार्चुला – दार्चुलामा बलात्कार आरोपमा मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्ष मदनसिंह धामी पक्राउ परेका छन् । उनी दार्चुला बसपार्कबाट पक्राउ परेका हुन् ।

maya metro hospital

गत माघ २० गते जबरजस्ती करणी गरी वडाध्यक्ष धामी फरार भएका थिए । पीडित महिलाले गत फागुन ५ गते जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिएकी थिइन् ।

सोही जाहेरीका आधारमा वडाध्यक्ष धामीलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जगत गाहा मगरले बताए । जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.