सासंद अरूण चौधरीको कैद मिनाह

कैलाली कारागारमा रहेका सांसद अरूण चौधरीको कैद मिनाहा गरिएको छ । आइतबार फागुन ७ गते प्रजातन्त्र दिवसका दिन सांसद अरूण चौधरीलाई जेलबाट छुटाउन राष्ट्रपतिको कार्यालयले उनको सजाय मिनाह गरेको हो ।

maya metro hospital

राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ । सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाह भएको छ ।

प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक चौधरीलाई पक्राउ गरी माघ २० गते जिल्ला अदालत कैलालीमा पेस गरिएको थियो । उनलाई ९ वर्षअघिको आगजनी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.