कांग्रेस पाटनका नगर सभापति ऐर पार्टीबाट निष्कासित

बैतडी – नेपाली कांग्रेस बैतडीले पार्टीको विपक्षमा काम गरेको भन्दै कांग्रेसका पाटन नगरसभापति मानबहादुर ऐरलाई पार्टीको साधारण सदस्य समेत नरहने गरेर निष्कासन गरेको छ । ‘बागी’उम्मेदवार हरिमोहन भण्डारीको पक्षमा लागेको भन्दै ऐरलाई पार्टीबाट निष्कासन गरिएको हो ।

maya metro hospital

ऐरलाई स्पष्टीकरण सोधिएको भएपनि जवाफ नदिएपछि ५ बर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरेर निष्कासन गरिएको नेपाली कांग्रेस अनुशासन समिति बैतडीका संयोजक देवराज जोशीले बताएका छन ।

कांग्रेसले यसअघिनै नेपाल दलित संघका जिल्ला अध्यक्ष रमेश कोलीलाई पार्टीबाट निष्कासन गरेको थियो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.