कानमा धानको दाना पसेका बालकको शिविरमा उपचार

अत्तरिया – कानमा दुई वटा धानका दाना पसेका बालकको शिविरमा उपचार गरिएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नं. ११ का ४ वर्षिय बालक आकाश विकको सोही वडाको गौडीमा आयोजित स्वास्थ्य शिविरमा सफल उपचार गरिएको हो ।

maya metro hospital

उक्त शिविर अत्तरिया जेसिज वर्ष २०२२ ले आयोजना गरेको हो । अत्तरिया जेसिज वर्ष २०२२ का अध्यक्ष हरि कडायतले स्वास्थ्य चौकीबाट रिफर गरिएका ति बालकको शिविरमा सफल उपचार गरिएको बताए । ‘उक्त बालकको कानमा धानका दुई वटा दाना पस्दा परिवारले उनलाई नजिकै रहेको गोदावरी स्वास्थ्य केन्द्रमा लगेका रहेछन’ उनले भने ‘तर त्यहाँबाट स्वास्थ्य चौकीले उपचारका लागी शिविरमा रिफर गरेछ, उहाँहरु शिविरमा आउनुभयो, बालकको उपचार गरेर फर्किनुभयो ।’

शिविरमा ति बालकसहित २ सय ५ जनाले स्वास्थ्य सेवा लिएको उनले बताए । उनले विकट क्षेत्रमा स्वास्थ्य संस्थाहरुको पर्याप्त पहुँच नहुने र उनिहरुले उपचारका लागी घण्टौ हिड्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको बताए । उक्त शिविरमा गोदावरी नगरपालिका वडा नं. १०, ११ र १२ का स्थानियहरुले सेवा लिएको उनले बताए ।

attariya hospital

अत्तरियामा रहेको पद्मा अस्पताल प्रा.लि को चिकित्सकिय टोलीले सेवाग्राहीहरुलाई सेवा दिएको थियो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र धनगढीको स्वास्थ्य सामग्री सहयोग, अत्तरियामा रहेको सत्यवती एकेडेमीको व्यवस्थापकिय सहयोगमा शिविरको आयोजना गरिएको थियो । अध्यक्ष कडायतले स्वास्थ्य शिविर नगरपालिकाका १२ वटै वडाहरुमा गरिने बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.