खाेज्नुहाेस

आज विश्व हात धुने दिवस मनाइँदै

Image

अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस । ‘हातको स्वच्छताका लागि विश्वव्यापी ऐक्यबद्धता’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वसभर मनाइँदैछ ।

navjiwan hospital

नेपालमा भने सरकारको अग्रसरतामा ‘हात धुने बानी व्यवहार ः स्वस्थ र सभ्य जीवनको आधार’ नाराका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००८ अक्टोबर १५ तारिखदेखि विश्व हात धुने दिवस मनाउन सुरु गरिएको हो । हात धुने दिवसकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छिन् ।

attariya hospital

‘हातको स्वच्छता स्वास्थ्यको दृष्टिलेअत्यन्तै महत्त्वपूर्ण छ। हात सफा नभएका कारणले नै अनेक संक्रमण भई विश्वभर कैयौँ मानिसले जीवन गुमाउनु परेको तथ्याङ्क पाइन्छ’, उनको शुभकामना सन्देशमा उल्लेख छ’, ‘तीनै तहका सरकार, विभिन्न सामाजिक संघसंस्थाका साथै निजी क्षेत्रले सञ्चालन गर्दै आएका हातको सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ ।’