खाेज्नुहाेस

झापाका एक पुरुषको पिसाब थैलीमा कण्डम भेटियो, डाक्टर नै चकित

Image

झापा – झापा बिर्तामोडमा रहेको मनमोहन सामुदायिक अस्पतालमा एक पुरुषको पिसाब थैलीबाट करिब ढुंगा बन्न लागिसकेको कण्डम निकालिएको छ ।

३५ बर्षिय पुरुषको पिसाब थैलीबाट शल्यक्रिया गरेर कण्डम निकालिएको अस्पतालका निर्देशक रोमनी भट्टराईले जानकारी दिए। ती पुरुषको बिहीबार शल्यक्रिया गरिएको थियो । उनको शल्यक्रिया मुत्ररोग विशेषज्ञ डा। सरोजकुमार यादवले गरेका थिए ।

add everest academy
attariya hospital
navjiwan hospital

तर त्यो कण्डम पुरुषको पिसाब थैलीमा कसरी पस्यो भन्ने कुराले अचम्ममा पारेको डा। यादवले बताए । उनले भने, ‘पुरुषको पिसाब थैलीमा कण्डम पस्ने अवस्था नै हुँदैन । कि उसैले बाहिरबाट घुसारेको हुनुपर्छ । त्यो पनि कसरी संभव भयो होला र ।’

ती पुरुष अहिले शल्यक्रिया गरेर स्वास्थ्य लाभ गरिरहकाले सोधपुछ नगरिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका निर्देशक भट्टराईले भने, ‘शनिवार आउनु न । संगै सोधौंला बिरामीलाई।’

attariya technical collage