अत्तरिया – कैलालीको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा मुत्ररोग विशेषज्ञद्धारा निःशुल्क १५ दिने चेकजाँच गरिने भएको छ ।अस्पतालले कार्तिक १ गते देखि १५ गते सम्म वरिष्ठ मुत्ररोग विशेषज्ञको सहभागितामा चेकजाँच गर्न लागिएको हो ।
शिविरमा बरिष्ट मुत्ररोग विशेषज्ञ द्धारा डा. सुमित कर्णद्धारा निःशुल्क चेकजाँच गरिने छ । सो अवसरमा ल्याव परीक्षण र ओटीमा पनि १५ देखि २० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको अस्पतालकी प्रशासन अधिकृत मनिता तामाङले बताइन् ।