छोरी जन्मिएपछि बुवाले अस्पतालकै ३ तलबाट हामफाले !

काठमाडौंको थापाथलीस्थित प्रसूति गृहको ३ तलामाथिबाट एक पुरुष हामफालेका छन् । श्रीमतीलाई सुत्केरी गराउन अस्पताल पुगेका ३९ वर्षका पुरुष बिहीबार राति अस्पतालकै भवनबाट हाम फालेका हुन् ।

maya metro hospital

प्रहरीका अनुसार उनी कपन बस्दै आएका स्वयम तामाङ हुन् । उनी श्रीमतीलाई सुत्केरी गराउन राति अस्पताल गएको र छोरी जन्मिएपछि हामफालेको भन्ने खुल्न आएको प्रहरीको भनाइ छ ।

joshi vada pasal 2

हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.