नेपालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको १ हजार ३ सय ७ पिसिआर परीक्षणका क्रममा २५ जना र १ हजार ३ सय ७१ एन्टिजेन परीक्षणका क्रममा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, थप ७० जना कोरोनामुक्त भएका छन्। हाल नेपालमा १ हजार ७७ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
