अत्तरियामा निःशुल्क रेविज खोप शिविर आयोजना

अत्तरिया – कैलालीको अत्तरियामा निःशुल्क रेविज खोप शिविर आयोजना गरिएको छ । गोदावरी नगरपालिका पशु सेवा शाखाले विश्व रेविज दिवसको अवसर पारी शिविरको आयोजना गरेको हो ।

maya metro hospital

बुधबार गोदावरी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तेजराज अवस्थीको अध्यक्षतामा शिविरको उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै वडाध्यक्ष अवस्थीले शाखाले गरेको कार्यक्रम उपयुक्त र आवश्यक रहेको बताए ।

joshi vada pasal 2

उनले रेविज प्राणघातक रोग भएकाले यसको न्यूनिकरणका लागी पहल थालिनु राम्रो भएको बताए । उनले रोगको निदान गर्न र यसलाई लाग्नै नदिन सचेतनामुलक कार्यक्रमहरु पनि आयोजना गरिनुपर्ने र यस्ता शिविरहरुलाई निरन्तरता पनि दिईनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै पशु सेवा शाखाका प्रमुख राम बहादुर सार्कीले प्राणघातक रोग रेविजलाई न्युनिकरण गर्न रेविज दिवसको अवसर पारेर शिविरको आयोजना गरिएको बताए ।

उनले रेविजबाट बच्न आफ्ना कुकुर बिरालाहरुलाई रेविज विरुद्धको खोप लगाउनुपर्ने बताए ।
सन २०३० सम्म यो रोगलाई उल्मुलन गर्ने नेपाल सरकारले लक्ष्य लिएको बताउदै उनले सोही अनुसार दिवसको अवसरमा मात्रै नभई अन्य समयमा पनि नगरका सबै वडाहरुमा शिविर सञ्चालन गर्दै जाने बताए ।

सप्ताहव्यापी रुपमा मनाईने रेविज दिवसमा यसअघि सम्म नगरपालिकाको पशुपंक्षी उपचार शाखामा खोप लगाईदै आएकोमा दिवसको अन्तिम दिन मात्रै शिविरको आयोजना गरिएको उनले बताए । उनका अनुसार गोदावरी नगरपालिकामा २÷३ वटा जनावरहरुको रेविजका कारण मृत्यु भैसकेको छ ।

शिविरमा ६८ कुकुरलाई लगाईयो खोप

‘एक स्वास्थ्यको अवलम्बन, रेविजबाट शुन्य निधन’ भन्ने मुल नाराका साथ आयोजित उक्त शिविरमा ६८ कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाईएको छ ।

शाखाका कर्मचारी टेक शाहुले एक दिनको उक्त शिविरमा ६१ सेवाग्राहीका ६८ कुकुरहरुलाई खोप लगाईएको बताए । उनले सेवाग्राहीहरुमा १९ महिला र ४२ जना पुरुष रहेको बताए । उनका अनुसार नगरपालिमा रेविजको न्युनिकरणका लागी निरन्तर रुपमा खोप अभियान सञ्चालन हुनेछन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.