ह्विलचियरको सहारामा घरखर्च चलाउँदै कञ्चनपुरका रावल

बेदकोट – बेह्विलचियर खुद्रा सामानले भरिभराउ छ । अगाडिपट्टी पानीका बोतल, नजिकै चाउचाउ, बिस्कुटका कार्टुन राखिएका छन् । ह्विल चियर पछाडि फलाम छोडेर सामान झुण्ड्याउने बनाइएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित बसपार्कमा देखिने ह्विल चियरमा सानो कालो झोला भिरेर बसेका भेटिन्छन ५० वर्षीय तेजबहादुर रावल ।

maya metro hospital

शारीरिक रुपमा अशक्त मानिस ह्विल चियर, फलामे छडलगायत साधनलार्ई आफ्नो हिँडडुलको सारथीको रुपमा प्रयोग गर्छन् तर रावलले भने ह्विलचियरलाई हिँडडुलको साधन मात्रै होइन, परिवार पाल्ने सहारा पनि बनाएका छन । रावलले एक दशकभन्दा बढी समयदेखि ह्विलचियरमा खुद्रा सामान बेचेर घरखर्चको जोहो गर्दै आएका छन ।

joshi vada pasal 2

‘विसं २०६२/६३ को जनआन्दोलनका क्रममा डडेल्धुरामा कम्मर भाँचियो, मेरुदण्डमा रड राखिएको छ, खुट्टाले काम नगर्दा उभिनै सक्दैन, हातमा पनि रड छ’ रावलले भने ‘छोराछोरीले ह्विलचियरमा राख्ने÷उतार्ने गर्छन्, त्यसमै थोरै सामान राखेर बसपार्कमा बेचेर घरखर्च चलाएको छु ।’

डडेल्धुराको अमरगढी नगरपालिका–६ का उनी महेन्द्रनगरमा परिवारसहित कोठा भाडामा लिएर बस्छन । विसं २०४२ मा तराई झरेका रावल जनआन्दोलन पूर्व महेन्द्रनगरबाट पहाडी जिल्लामा बस चलाउन्थे । आन्दोलनमा घाइते भएका उनको उपचारको लागि खर्च कम भएर त्यस बेला बस बिक्री गरे ।

‘विसं २०६५ मा अस्पतालबाट घर पठाउने भएपछि महेन्द्रनगर बसपार्कमा ठेलामा व्यापार सुरु गरँे, सडक छेउ, बसपार्कभित्र ठेला राख्थँे, त्यो बेला ठेलाबाटै राम्रै कमाइहुन्थ्यो’ उनले भने ‘केही वर्षपछि ह्विलचियरमै सामान राखेर बेच्न थालेको हुँ ।’ रावल बिहानै डेराबाट सामान भरिएको ह्विलचियर लिएर बसपार्क निस्किनुहुन्छ । दिनभर बसपार्कमा ह्विलचियर घुमाउँदै सामान बेच्ने उनको दिनचर्या नै हो ।

indreni vansa ghar

दिनभरी ह्विचियरमा सामान बेचेर दुई हजारदेखि तीन हजारसम्मको कारोबार हुने गरेको रावलले सुनाए । ‘बसपार्कभित्रका यात्रु, गाडी चालक, साहु ग्राहक हुन, दैनिक दुई÷तीन हजारको सामान बिक्री हुन्छ’ उनले भने ‘दैनिक रु पाँच सय सहकारीमा जम्मा गर्छु, खान लाउनलाई पुगेको छ ।’

ह्विलचियरमै सामान बिक्री गरेर कमाएको पैसाबाटै तीन छोरी र दुई छोरालाई बोर्डिङ स्कुलमा अध्यापन गराउन सकिएको रावलको भनाइ छ । ‘जेठी छोरीको बिहे गरेर अन्माइसकँे, अर्का दुई छोरी र एक छोराले कक्षा १२ पास गरेका छन्, कान्छा छोरा अहिले कक्षा ११ मा पढ्छन्,’ उनले भने ‘सबै सन्तानलाई कक्षा १० सम्म बोर्डिङ स्कुल पढाएको थिएँ ।’

छोराछोरीले रोजगारी पाएमा परिवारलाई सहारा हुने रावलकोे विश्वास छ । ‘पढेलेखेकाले पनि रोजगारी पाएका छैनन्, केही काम पाए आफ्नो खर्च चलाउन सक्थे, परिवारलाई सहारा पुग्थ्यो’ उनले भने ‘घाइते भत्ता भनेर पाइने रु १२ हजार कोठा भाडा तिर्नमै ठिक्क हुन्छ, पसलबाट आएको पैसाले बिहान बेलुकाको घरखर्च चल्छ ।’

काम गर्नका लागि शारीरिक रूपमा सशक्त मात्रै नभएर इच्छाशक्ति पनि चाहिने रावल बताउन्छन । ‘काम गर्नका लागि इच्छा शक्ति हुनुपर्छ, लगनशील भएर एउटा काममा लागेमा सफलता मिल्छ’ उनले भने ।

रासस

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.