डोटीका ग्रामीण सडक अवरुद्ध

दिपायल – शनिबारदेखि परेको अविरल वर्षाका कारण डोटीका दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । सडकका कतिपय स्थानमा पहिरो गएको छ भने अधिकांश सडक भल बाढीका कारण यातायात सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

maya metro hospital

वर्षाका कारण बडीकेदार गाउँपालिकाको सुवा खान हुँदै देवली रिसडी सडक, अन्तरकाँडा हुँदै रनतोला सडक, बोगटान फुड्सिल गाउँपालिकाको छिडीखानबाट केदार अखडा सडक, चवारा चौताराबाट सातफरी धिर्गामा नडौ सडक, जोरायल गाउँपालिकाको बिपी नगर खसरेबाट गड्सेरा सडकलगायत डोटीका दर्जन बढी पहिरो र खहरे खोलाले ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

joshi vada pasal 2

डोटीका ग्रामीण क्षेत्रका सडक पनि वर्षाका कारण बिग्रीएका छन् । वातावरणीय प्रभाव मूल्याङ्कनको वास्ता नगरी जथाभावी ट्रयाक खोलिएका कारण सामान्य वर्षा हुँदा पनि ग्रामीण सडक अवरुद्ध हुने गरेको जोरायल गाउँपालिका–५ का लक्ष्मण देउवाले बताए । ट्रयाक खुलेलगत्तै सुक्खा मौसममा यातायात सञ्चालनमा ल्याइएका कतिपय सडक अहिले कामै नलाग्ने अवस्थामा पुगेको बडीकेदार गाउँपालिकाका स्थानीय मीन शाहले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.