अत्तरिया – कैलालीको गौरीगंगाबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन । गौरिगंगा नगरपालिका – ८ घर भई हाल धनगढी उप–महानगरपालि – ७ देबरीया बस्दै आएका २७ वर्षीय कबिन्द्र बखरीया लागूऔषध सहित पक्राउ परेका हुन ।

उनको साथबाट १ ग्राम ८३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) जस्तो देखिने खैरो धुलो पदार्थ र नगद ३६ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बखरीयालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जनाइएको छ ।