आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै

अत्तरिया – आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २२ तारिकमा विश्व प्राथमिक उपचार दिवस मनाइन्छ ।

दिवसको अवसरमा नेपाल रेडक्रसले बिभिन्न कार्यक्रमको आयोजना गर्दै छ । नेपाल रेडक्रसको प्राथमिक उपचार पाठ्यक्रमलाई नेपाल सरकारबाट मान्यता प्राप्त छ । नेपाल रेडक्रसले आफ्नो स्थापनादेखि नै प्राथमिक उपचार सेवालाई प्राथमिकतामा राखेर कार्य अघि बढाइरहेको छ ।

joshi vada pasal 2
bishal shuit house

नेपाल रेडक्रसले आमसमुदाय, नेपाल सरकारका सुरक्षा निकायहरू, संयुक्त राष्ट्रसंघीय निकायहरूलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरू, औद्योगिक, व्यापारिक तथा वित्तीय निकायलाई लक्षित गरी विविध खालका सेवामूलक र प्रवर्धनात्मक प्राथमिक उपचारका तालिमका साथै परेको बेला उपचार सेवा कार्यहरू सञ्चालन गरिरहेको छ ।

हालसम्म मुलुकभर १,२०० जना प्रशिक्षक र ३०,००० जना प्राथमिक उपचार स्वयंसेवकहरू विकास गरी सेवा प्रदान गरिएकोे छ । नेपाल रेडक्रसका ७७ वटै जिल्ला शाखासँग आधारभूत प्राथमिक उपचार प्रशिक्षण सञ्चालन गर्ने क्षमता समेत रहेको छ, जसबाट स्थानीय परिबेश र आबश्यकता अनुकूल हुने गरी सेवा प्रबाह गर्न सहयोग पुगेको छ ।

maya metro hospital

प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिबृद्धि गर्ने र प्राथमिक उपचार स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.