अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – ४ मालुबेलामा हात्तीले आतंक बढेको छ । लालझाडी र सिस्ने सिमसार क्षेत्रबाट बस्तीमा पस्ने हात्तीले कृषि बालिमा क्षति पुगाउन थालेपछि सो क्षेत्रका स्थानीय समस्यामा परेका छन । दिनहुँजसो बस्तीमा बस्ने हात्तीले खेतमा लगाएको धान बालि नष्ट गर्न थालेपछि हाल सो क्षेत्रका स्थानीय पनि त्रसित हुन थालेका छन ।
स्थानीय एलबी बिश्वकर्माले हात्तीबाट बालि जोगाउन रातभरी जाग्राम बसेर गस्ती गर्ने गरेको बताए । ‘बालि जोगाउन हामीहरु रातभर खेतमा बस्ने गरेका छौ । त्यै पनि हात्ती आउने भने छोडेको छैन’ उनले भने ‘हात्ती आएपछि धपाउन खोज्दा पनि भाग्दैन । अहिले मानिस पनि हात्तीको जोखिममा छौ ।’ उनले हात्ती भगाउन नगरपालिकाबाट पटाका उपलब्ध भएपनि हात्ती भगाउन केही सहज भएको बताए ।

उनले हात्ती धपाउन लाईट र साइरनको माग गरेको भएपनि हालसम्म सुनुवाई नभएको बताए । स्थानीय सिवराज खड्काले हात्ती भगाउन युवाहरु मिलेर रातभरी खेतमा गस्ती गर्ने गरेको बताए । उनले १० देखि १५ को संख्यामा हात्तीको बथान बस्तीमा पस्ने गरेको बताए ।

वडा नम्बर ४ का अध्यक्ष धर्म सिहले हात्तीलाई बस्तीमा आउनबाट रोक्न लाईटको व्यवस्था गर्न लागिएको बताए । उनले वडा र नगरबाट हात्तीको क्षती कम गर्न लाइट लगाउन लागिएको बताए । ‘हात्तीले अध्यारोमा बस्दा आक्रमण गर्ने क्षति पनि बढी गर्ने भएकाले हामीले हात्ती आउने बाटोमा लाइटको व्यवस्थापन गर्दै छौ’ उनले भने ‘हात्ती जताततै बाट हिड्दैन । हात्ती आउनी निश्चित बाटो हुन्छ । हामीले हात्ती आउने बाटो पहिचान गरेर सो क्षेत्रमा लाईट लगाउने योजना बनाएका छौ ।’
उनले तत्कालका लागि हात्तीलाई रोक्ने सो क्षेत्रमा पटाका पट्काउने र, युवाहरुलाई परिचालन गरेर गस्ती गरिरहेको बताए ।
उनले बर्षातको समयमा बर्षेनी मालुबेलामा हात्तीले दुःख दिने गरेको बताए । ‘बर्षातको समयमा दुधुवा नेसनल पार्क, शुक्लाफाटा राष्ट्रिय निकुन्जबाट बर्षेनी बर्षातको सययमा हात्ती यस क्षेत्रमा आउने गर्दछ’ उनले भने ‘हात्ती तल्लो क्षेत्रमा बर्षातका कारण डुवान हुने भएकाले उचो ठाउँ खोज्दै यहाँ आउने गर्दछ । यस क्षेत्रमा बर्षेनी बर्षातको समयमा हात्तीको समस्या दोहरीने गरको छ । ’
उनले यो बर्ष हालसम्म हात्तीले मालुबेलामा १० देखि १५ परिवारको धान बालि क्षती गरेको बताए । उनले हात्तीलेअन्य धनजन र मानविय क्षति भने नगरेको बताए । हात्तीको समस्याबाट जोगिन दिर्घकालिन सामाधानको उपाय नभएपनि हाल सो क्षेत्रमा साइरनको व्यस्थापन गर्ने योजना पनि अगाडी बढेको बताए । ‘नगरपालिका र वडाबाट सो क्षेत्रमा साइरन लगाउने योजना बनाएका छौ’ उनले भने ‘तर, साइरनपनि त्यती धेरै प्रभावकारी हुदैन भन्ने कुरा पनि आएको छ ।’
बर्षेनी बालिमा हात्तीको बथानले खाने मात्रै नभएर कुल्चेर जाने गरेपछि किसान भने निकै समस्यामा परेका छन । शुक्लाफाटा राष्ट्रिय निकुञ्ज रहेको कञ्चनपुरका कृष्णपुर नगरपालिका संगै शुक्लाफाँटा, दोधरा चाँदनी, बेल्डाडी लगायतका क्षेत्रमा रहेको बालि संगै मानवीय र भौतिक क्षती समेत गर्ने गरेको छ ।

















