घोषणामै अल्झिएको प्रदेश राजधानी

२०७५ असोज १२ गते बसेको सुदूरपश्चिम प्रदेश सभाले कैलालीको गोदावरीमा राजधानी बनाउने निर्णय ग¥यो । प्रदेश सभा दोस्रो अधिवेशनको ४५औँ बैठकले गोदावरी नगरपालिका वार्ड नं. २ र ४ को क्षेत्रमा राजधानी बनाउने निर्णय गरेको थियो । प्रदेश सभाले राजधानीको स्थान र नाम छनोटका लागि तत्कालिन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक तारा लामा तामाङको संयोजकत्वमा पाँच सदस्यीय विशेष सुझाव समिति समेत बनाएको थियो ।

maya metro hospital

समितिमा तत्कालीन सत्तारुढ दल नेकपाको तर्फबाट तामाङसहित सोही दलकै बलदेव रेग्मी, प्रेम प्रकाश भट्ट र चुनकुमारी चौधरी थिए । समितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट श्यामलाल राना थारु थिए । उक्त समितिले स्थायी राजधानीको लागि कैलालीको गोदावरी नगरपालिका – २ र ४ तेघरीस्थित नेपाली सेनाको ब्यारेक रहेको स्थानदेखि उत्तर पश्चिम, गोदावरी–धनगढी–डडेल्धुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिणको चार किल्ला क्षेत्र सिफारिस गरेको थियो । असोज १२ गते प्रदेश सभाको द्ददुई तिहाइ बहुमतबाट उक्त स्थान नै स्थायी राजधानी घोषणा पनि भयो ।

तर स्थायी राजधानी घोषणा भएको ४ वर्ष पुग्नै लाग्दा पनि कार्यान्वयन अझै हुन सकेको छैन । स्थायी राजधानीको स्थान तय भएको ४ वर्षसम्म न जग्गा प्राप्ति भएको छ, न त प्रदेश सरकारबाट एउटा बोर्ड राखिएको छ । १२ गते नै प्रदेशको नाम र प्रदेशको राजधानी घोषणा भएको थियो । तत्काल नै प्रदेशको नाम चलनचल्तीमा आए पनि राजधानीको विषय भने अन्यौलमा प¥यो ।

attariya hospital

राजधानी घोषणा गरेको यत्रोबर्ष सम्म कुनै पनि भौतिक काम नहुँदा यहाँ राजधानी हुने आशा मरिसकेको स्थानियहरु बताउँछन । त्यसैमा चुनाव नजिकिदै जाँदा राजधानीको पक्षमा मतदान गरेकै नेताहरु पनि गोदावरी राजधानी बनाउन गलत भएको तर्क गर्न थालेका छन ।

पहिलो प्रदेश सभामा निर्वाचित सदस्यहरुले घोषणा गरेको राजधानी पहिलो प्रदेश सरकारले बनाउन नसक्दा अव यसको भविश्य पनि अन्योलमा परेको छ । अब मंसिर ४ को चुनाव नजिकै आएकाले अहिलेको प्रदेश सभाले गरेको निर्णय कार्यान्वयन नभएकाले अब नयाँ प्रदेश सभाले यसको निर्णयलाई परिवर्तन गर्ने सम्भावना पनि उत्तिकै बढेको छ ।

चुनावको मुखमा नेताहरुका अभिव्यक्ति फेरिएकाले पनि राजधानीको भविष्य अघिल्लो प्रदेश सभाका हातमा पुगेको भान यस क्षेत्रका जनताले गर्न थालेका छन । केही दिन अघि प्रदेश सभाका सदस्यहरुको समयावधी सकियो । घोषणा गरेको राजधानीलाई त्यत्तिकै थाती राखेर उनिहरुले फेरी चुनावमा होमिनका लागी चुनावी एजेण्डा त्यसैलाई बनाउने निश्चितप्राय नै छ ।

सत्ता र तहमा पुगेका समयमा सिन्को नभाँची फेरी त्यसैको बलबुतामा चुनाव जित्ने सोच राखेका जनप्रतिनिधिहरुलाई अब जनताले लौरो देखाउन आवश्यक छ । विगत ४ वर्षदेखी घोषणामा अल्झिएको प्रदेश राजधानीको निर्माणका लागी अब पनि सरकारले तदारुकता देखाएन भने राजधानीको आश मार्नु बाहेक अरु बिकल्प रहने छैन ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.