थप २२१ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ७ पुगेको छ ।

maya metro hospital

सोमबार २०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर २ हजार ४४४ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

गत २४ घण्टामा देशभर १ हजार ५१९ पीसीआर तथा २ हजार ५३९ एन्टिजेन परीक्षण भएको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.