खाेज्नुहाेस

राष्ट्रियसभा निर्वाचनका लागि देशभर मतदान केन्द्र तोकिए

Image

काठमाडौं – राष्ट्रियसभा सदस्य लागि आगामी माघ १२ मा हुन गइरहेको निर्वाचनका लागि मतदाता र मतदान केन्द्र तोकिएका छन्। निर्वाचन आयोगका अनुसार प्रदेशसभा सदस्यहरू ५३२ र पालिका प्रमुख र उपप्रमुख १४९३ गरी जम्मा २०२५ मतदाता हुनेछन्।

navjiwan hospital

यस निर्वाचनका लागि प्रदेश १ मा २ वटा मतदान स्थल अन्य ६ वटामा १ १ वटा मतदानस्थल भित्र २र२ वटा मतदान केन्द्र ८ वटा मतदानस्थलमा १४ वटा मतदानकेन्द्र तोकिएका छन्। प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर र प्रदेशसभा सदस्यहरूका लागि बाली संरक्षण प्रयोगशाला, विराटनगरमा मतदान स्थल तोकिएको छ।

attariya hospital

प्रदेश २ को लागि महेन्द्रनारायण निधि भवन, वागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र, दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल रहने आयोगले जनाएको छ।