खाेज्नुहाेस

बझाङमा हुलाक बचत बैंकले जम्मा गरेको रकम नदिएको भन्दै धर्ना

Image

रमेश बहादुर सिह/बझाङ – जिल्ला हुलाक कार्यालय बझाङ मार्फत संचालन भएको हुलाक बचत बैंक विरुद्ध बचतकर्ताहरू धर्ना बसेका छन् ।

हुलाक बचत बैंकमा आफूहरूले बचत गरेको रकम दुई वर्षदेखि नपाएको भन्दै बचतकर्ताहरुले आईतबार बजार परिक्रमा गरी धर्ना कार्यालय परिसरमा बसेका छन् ।

attariya hospital
navjiwan hospital

जिल्ला हुलाक कार्यालयका प्रमुख तथा केही कर्मचारीको मिलोमतोमा बैंकमा बचत गरेको करिब पाँच करोड रुपैयाँ हिनामिना गरेको र अख्तियारमा समेत मुद्दा परेको उनीहरूले बताएका छन् ।

हाल हुलाक बचत बैंकमा कारोबार बन्द भएकाले झन्डै १७ सय बचतकर्ताहरूले रकम नपाएको भन्दै बचतकर्ताहरूले सम्वन्धित निकायमा पहल नगरे सम्म धर्ना बस्ने बताएका छन ।

आफूहरूले जम्मा गरेको रकम आफूहरूले नपाउँदा धर्ना र आन्दोलनका कार्यक्रम गर्ने बाध्य भएको संघर्ष समितिका संयोजक खडक बोहराले बताए ।