बझाङमा पहिरोमा बेपत्ता भएका दुई परिवारका २३ मध्ये ४ जनाको शव भेटियो 

 

बझाङ – बझाङमा पहिरोमा परेर बेपत्ता भएका ४ जनाको शव फेला परेको छ । पहिरोमा परी थलारा–४ का २ परिवारका २३ मध्ये ४ जनाको शव फेला परेको हो ।

maya metro hospital

४ मध्ये ३ जनाको सनाखत भएको छ । शनिबार दिउँसो सम्म भेटिएका आयुष पार्की, विकास सार्की र सीता सार्की हुन् । शनिबार भेटिएको शवको पहिचान हुन बाँकी रहेको छ । भेटिएका शवको पनि शरीरको पूरै भाग भेटिएको छैन ।

बाँकी हराएका १९ जनाको खोजतलासमा खटिएका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिएका छन । ‘भिरालो जमिन भएको हुँदा शव खोज्न सजिलो छैन’, उनले भने, ‘४ दिनदेखि प्रहरी, सेना र शसस्त्र प्रहरी खोजतलासमा खटिएका छन् । ४ जनाको मात्र शव भेटिएको छ ।’

attariya hospital

पहिरोमा गगने सार्कीको एकै घरका १८ जना र नरे पार्कीको परिवारका ५ जना बेपत्ता थिए । पहिरोमा परी सर्वस्व गुमाएका यी दुई परिवारका दुईजना भने बाँच्न सफल भएका छन ।

पहिरोले नरबहादुर र गगने सार्कीको परिवार खोसेको छ । गगने सार्की ३ छोरासहित रोजगारीका लागि भारतमा छन् । थलारामा पहिरो गएपछि करिब १ सय ७८ परिवारको बसोबास रहेको तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँबीचमा ठूलो धाँजा फाटेको छ । सरस्वती आधारभूत विद्यालयका सबै भवन पहिरोको कम्पनले भत्किएका छन ।

विभिन्न ठाउँमा जमिन भासिएपछि पूरै गाउँ बगाउने डरले विस्थापित भएका १ सय ४८ परिवार अझै त्रासमा छन ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.