बाढिपहिरो पिडितलाई सरकारले उचित ब्यवस्था गर्छ : प्रधानमन्त्री देउवा
रमेश बहादुर सिह/बझाङ – प्रधानमन्त्री शेर बहादुर देउवाले बाढीपहिरो पिडितहरूलाई सरकारले उचित ब्यवस्थापन गर्ने बताएका छन ।
बिहिबार बर्षाका कारण आएको बाढीपहिरोले पु-याएको क्षतिको निरीक्षण गर्न बझाङ पुगेका प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन ।
उनले पानकोट आर्मी ब्यारेकमा जिल्लामा भएको क्षति बारे बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीबाट बिस्तृत जानकारी लिई जिल्ला भरी भएको मानवीय क्षति दुःखदायि भएको र पिडामा रहेका सम्पूर्ण परिवारहरूलाई उचित व्यवस्थापन गर्न सरकार एक कदम पनि पछाडि नहट्ने बताए ।
लगातारको बर्षाका कारण बझाङमा ठुलो मानविय तथा धनजनको क्षति भएको छ । प्रधानमन्त्री देउवाले बझाङको थलारा गाउँपालिका – ४ डिखला र सदरमुकाम चैनपुरको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेर पुन सुदुरपश्चिमका विभिन्न स्थानमा गई बाढिपहिरोको निरक्षण गर्ने प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाले जानकारी दिए ।
प्रधानमन्त्री देउवा संग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि निरक्षण कार्यक्रममा सहभागी रहेका थिए ।
अविरल बर्षाका कारण बाटो घाटो र संचारसेवा राम्रो नहुदाँ अझै जिल्ला भरीको जानकारी आउन सकेको छैन् ।