बझाङमा पहिरोमा परेकाहरुको खोजीका लागी आएको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
बझाङ – पहिरोमा परेकाहरुको खोजीका लागी आएको सेनाको हेलिकप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ ।
सुत्केरी व्यथाले च्यापेकी बझाङको थलारा गाउँपालिका–९ की २१ वर्षीया सम्झना भण्डारीलाई हेलिकप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल बझाङ ल्याइएको हो ।
भण्डारीलाई सुत्केरी व्यथाले च्यापेपछि उनी मंगलबार बिहान मालुमेला स्वास्थ्यचौकी पुगेकी थिइन् । स्वास्थ्यचौकीमै सुत्केरी गराउने प्रयास भए पनि अवस्था जटिल हुन थालेपछि बाहिर पठाउनुपर्ने अवस्था आएको मालुमेला स्वास्थ्यचौकीका इन्चार्ज विकास खड्काले बताए ।
प्रतिनिधिसभा सदस्य आशाकुमारी वि.क.को पहलमा बुधबार बिहान थलाराको पहिरोमा परेकाहरूको खोजीका उक्त हेलिकप्टर बझाङ पुगेको थियो ।