दशैं नजिकिदै गर्दा बझाङमा अनुगमनमा कडाइ
रमेश बहादुर सिह/बझाङ – दशै नजिकिएसँगै बझाङमा अनुगमनमा कडाई गरिएको छ ।

चाडपर्वको अवसरमा हुने कालोबजारी तथा म्याद नाघेका बस्तुहरुको बिक्रिवितरण न्युन गर्न घरेलु कार्यालय बझाङ र जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनमा कडाई गरेको हो ।


मंगलबार बजार अनुगमनका क्रममा म्याद नाघेको १ सय १ पेटी पेयपदार्थ फेला परेको घरेलु कार्यालय बझाङका बरिष्ट उद्दम बिकास अधिकृत दशरथ जप्रेलले जानकारी दिए ।

चाडबाँडका बेला बजारमा हुने कालोबजारी न्युनिकरण गर्न अनुगमन गरिएको उनले बताए । करिब ३ लाख ५० हजार बराबरको उक्त पेय पदार्थ नष्ट गरिएको छ ।
घरेलु कार्यालय बझाङका बरिष्ट उद्दम बिकास अधिकृत जप्रेल र मालुमेला पोष्टका ईन्चार्ज जगदिश चन्द्र भट्टको रोवबरमा उक्त पेय पदार्थ नष्ट गरिएको हो ।