धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति तीव्र असन्तुष्टि जनाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य गोविन्द बोहराले पार्टी परित्यागको घोषणा गरेका छन् ।

डडेल्धुराको परशुराम नगरपालिका–८ का पूर्ववडाध्यक्षसमेत रहेका बोहराले सामाजिक सञ्जालमार्फत प्रदेश कमिटीको साधारण सदस्यतासमेत त्यागेर स्वतन्त्र रहने घोषणा गरेका हुन् ।

मुख्यमन्त्री खगराज भट्टप्रति असन्तुष्टि व्यक्त गर्दै बोहराले पार्टीभित्र कमिसनको प्रवृत्ति हाबी भएको आरोप लगाएका छन् । यस्तो प्रवृत्ति कायम रहेसम्म आफू नेकपामा रहन नसक्ने आशय उनले व्यक्त गरेका छन् ।
सर्वहारा तथा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने पार्टीका रूपमा नेकपामा काम गरे पनि व्यवहारमा आर्थिक हैसियत र पहुँच भएका व्यक्तिहरूको मात्र प्रभाव देखिएको भन्दै उनले खेद प्रकट गरेका छन् ।

















