खाेज्नुहाेस

डडेल्धुराको खानेपानी कार्यालयमै हानाहान, इन्जिनियर र लेखापाल घाइते

Image

धनगढी – डडेल्धुराको खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमा कर्मचारीबीच हानाहान भएको छ । कार्यालयका इन्जिनियर मनोजकुमार दास र लेखापाल राजेन्द्रबहादुर थापाबीच कार्यालयभित्रै हातपात भएको हो ।

navjiwan hospital

लेखापाल थापाका अनुसार कार्यकक्षमा काम गरिरहेका बेला इन्जिनियर दासले आक्रमण गरेका हुन् । भत्ता नदिएको र आफूलाई पेलेर अघि बढेको भन्दै दासले हातपात गरेको थापाको आरोप छ ।

attariya hospital

तर, इन्जिनियर दासले भने आफू बिदामा रहेका बेला आफ्नो दराजको ताल्चा तोडिएको विषयमा थापासँग बुझ्न खोज्दा उल्टै हातपात भएको दाबी गरेका छन्। घटनामा दुवै जना घाइते भएका छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।