खाेज्नुहाेस

डडेल्धुरामा आइतबार बिहानसम्म सवारी साधन सञ्चालनमा रोक

Image

डडेल्धुरा – लगातारको वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै डडेल्धुरा जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधनको आवागमनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले एक सूचना जारी गर्दै आज (असोज १० गते) बिहान ७:०० बजेदेखि आगामी असोज ११ गते (आइतबार) बिहान ७:०० बजेसम्म सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको जनाएको छ।

navjiwan hospital

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्रकाशित यातायात सञ्चालन सम्बन्धी सूचनाअनुसार डडेल्धुरा जिल्ला पनि सतर्कताको वर्गमा परेको छ र यस जिल्लाका पूर्व, उत्तर तथा दक्षिणतर्फका जिल्लाहरू जोखिम वा अति जोखिमको सूचीमा रहेका छन्। हिजो दिउँसोदेखि लगातार भइरहेको वर्षाका कारण जनजीवन प्रभावित हुनुका साथै सम्भावित दुर्घटना तथा विपद् जोखिम बढेपछि प्रशासनले यो कडा कदम चालिरहेको हो।

attariya hospital

प्रशासनले यो अवधिमा अत्यावश्यक तथा आकस्मिक काम परेमा जिल्ला प्रशासन कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।