डडेल्धुरा – डडेल्धुरामा २ मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । शनिवार अमरगढी नगरपालिका–५ तुफानडाँडामा कृतिपुरबाट बागबजारतर्फ आउँदै गरेको से ४ प ३०३३ र विपरीत दिशाबाट जाँदै गरेको से ६ प ६८२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जना घाइते भएका हुन ।


दुर्घटनामा से ६ प ६८२८ का चालक अमरगढी–९ का २३ वर्षीय जगदीश भट्ट, से ४ प ३०३३ का चालक अमरगढी–७ पोखराका ४० वर्षीय गणेश साकी र सोही मोटरसाइकलमा सवार अमरगढी–५ का ४७ वर्षीय दीपक भट्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
घाइते गणेश साकीको धनगढी र अन्यको डडेल्धुरामै उपचार भइरहेको डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिएका छन्।


















