खाेज्नुहाेस

कैलाली–कञ्चनपुरबाट भन्सार छलिका सामान नियन्त्रण

Image
file photo

अत्तरिया – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका सामान नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–२ तथा वडा नम्बर ३ सिसा पोस्ट क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी ४३ हजार १ सय ३० रुपैयाँ बराबरका सुटपिस, मिठाई, बच्चाका खेलौना, सिरप, साइकलका विभिन्न सामान तथा प्लास्टिक झिल्ली लगायतका सामग्री बरामद गरिएको हो ।

attariya hospital
navjiwan hospital

शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।

त्यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डा, पुनर्वास नगरपालिका–६ खप्तड स्कुल नजिक तथा पुनर्वास नगरपालिका–८ लम्साल चोक क्षेत्रबाट अन्दाजी २ लाख ३२ हजार ५ सय रुपैयाँ बराबरका पेय पदार्थ, एयर कुलर, बोइलर कुखुरा, एक थान मोटरसाइकल लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।