डोटी – सामुदायिक रेडियो स्मार्ट एफ.एम. डाेटीकाे सानाे सहयाेग अभियान अन्तरगत सहयाेग रकम हस्तान्तरण गरिएकाे छ । डाेटीकाे पुर्विचाैकी गाउपालिका वडा नं.४ सानागाउकाे बिरधन निवासि नारायण सिंह लाई त्रिहत्तर हजार दुईसय पैचालिस रुपैया सहयाेग रकम विहिबार हस्तान्तरण गरिएकाे हाे ।
गत पुस १७ गते नारायण सिंहकाे पारिवारिक अबस्था सामुदायिक रेडियो स्मार्ट एफ.एमकाे आधिकारिक फेसबुक पेजबाट प्रसारण गरेर एफ.एमका प्रवन्ध निर्देशक दिपेन्द्र खड्काले सानाे सहयाेग अभियान संचालन गरेका थिए ।


देश तथा बिदेशमा रहनु भएका ५२ जना सहयाेगि दाताहरु द्वारा संकलित रकम सिंहलाई उनकैघरमा गएर हस्तान्तरण गरेकाे प्रवन्ध निर्देशक खड्काले बताए ।
रकम हस्तान्तरण गर्दै खड्काले भने रेडियाे ध्वनि तरङ्गकाे साथि मात्र नभएर समाजमा लुकेर ,दबेर रहेका आम मानिसकाे सुख दुखकाे साथि पनि हुनु पर्ने भन्दै रेडियोले समयअनुसारकाे प्रबिधिकाे प्रयाेग गरेर सामाज भित्रका सबै गतिविधिहरुमा प्रत्यक्ष संलग्न हुनु पर्ने बताए ।
सहयाेकरकम बुझ्दै सिंहले पत्रकार दिपेन्द्र खड्काले मेराे आवाज मेराे यथार्थता सबै सामु पुगाएर देश तथा बिदेशमा रहेर दुख सुख गरेरकमाउनु भएकाे रकम आफुलाई सहयाेग गर्ने समपुर्ण महानुभावलाई धन्यवाद ब्यक्त गर्दै याे रकम बाट आफ्नाे दैनिकी सहज हुने बताए ।
७१ बर्षिया नारायण सिंहका ६ जना परिवार मध्य ४ जना परिवार मानसिक सन्तुलन बिग्रियका र परिवार समाजिक सुरक्षाकै भरमा जिविकाे पार्जन गर्दै आईरहेका छन ।














