खाेज्नुहाेस

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते

Image

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर बिहीबार बिहान दुर्घटना भएको हो ।

navjiwan hospital

दुर्घटनामा परेर एकको घटनास्थलमै मृत्यु भएको र ३ जना घाइते भएका छन् । मृतक र घाइतेको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

attariya hospital

घाइतेलाई उपचारको लागि डडेलधुरा अस्पताल पठाइएको छ । दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ ।