अत्तरिया – कैलालीमा शारीरिक रूपमा अशक्त भएकी १८ वर्षीय किशोरी माथि जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका – १ का ५२ वर्षीय रन बहादुर सुनार पक्राउ परेका छन् ।
मंगलबार घरको आँगनमा एक्लै बसिरहेको अवस्थामा किशोरीलाई सुत्ने कोठामा लगी जबरजस्ती करणी गरेको आरोपमा सुनार पक्राउ परेका हुन ।


किशोरीका आफन्तले इलाका प्रहरी कार्यालय टीकापुरमा दिएको उजुरीको आधारमा सुनारलाई पक्राउ गरिएको प्रदे प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।














