अत्तरिया – कञ्चनपुरबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन् । बुधवार दोधारा चाँदनी नगरपालिका – ८ जनप्रिय सामुदायिक वन भित्र बसीरहेको अवस्थामा सोही ठाउँका २४ वर्षीय रोहित खत्री र दोधरा चाँदनी – ९ का २९ वर्षीय शेर बहादुर ठकुरी पक्राउ परेका छन् ।

उनीहरूको साथबाट ५९० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

यसैबिच लागू औषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका – २ मछलिपुल नजिकबाट कृष्णपुर – ५ गजरौलाका ३० वर्षीय कमल किशोर भट्ट पक्राउ गरेको छ । उनको साथबाट ४०मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको थियो ।














