अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित ४ जना पक्राउ परेका छन् । बुधवार धनगढी उपमहानगरपालिका – ३ त्रिनगर व्यारेल नजिकबाट धनगढी – ७ का २८ वर्षीय फुलचन राना र धनगढी – १६ का २० वर्षीय विवेक राना पक्राउ परेका छन् ।

दुवै जनाको साथबाट १ ग्राम ७६० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ परेका फुलचन राना जिल्ला अदालत कैलालीबाट लागू औषध मुद्दामा २ महिना २६ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी समेत रहेको प्रहरीले जनाएको छ ।

यसै गरी धनगढी उपमहानगरपालिका – ४ शहिदगेटबाट २१ वर्षीय सन्दीप अधिकारी समेत २ जनालाई शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट Pregabalin ट्याब्लेट १४ र एन्टिकप ट्याब्लेट ६ प्रतिबन्धित लागू औषध फेला परेको प्रहरीले जनाएको छ । दुवै जनालाई अस्थायी प्रहरी पोस्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।














