खाेज्नुहाेस

कैलाली – ४ मा ४ जिल्लाका उम्मेदवार

Image

अत्तरिया– कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा कैलाली सहित ४ जिल्लाका उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका १६ जना कैलाली सहित डोटी, डडेल्धुरा र बाजुराका रहेका छन । जसमा कैलालीका १३, डोटी, डडेल्धुरा र बाजुराका १/१ जना रहेका छन । कैलाली भित्र पनि १२ जना कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का र एक जना क्षेत्र बाहिरका रहेका छन ।

कैलाली निर्वाचन क्षेत्र भित्र ४ पालिका रहेका छन । जसमा गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका र चुरे गाउँपालिकाका पुरै र मोहन्याल गाउँपालिकाको एउटा वडा समावेश छ । मंगलबार उम्मेदवारी दर्ता गराउनेमा गोदावरीका ६ जना, गौरीगंगाका ४ जना र चुरेका २ जना रहेका छन ।

attariya hospital
navjiwan hospital

गोदावरीबाट उम्मेदवारी दिनेमा नेशनल रिपब्लिकन पार्टीका गोपीलाल राना (गोदावरी– ८ मजगाउँ), स्वतन्त्र उम्मेदवार छत्र बहादुर भट्ट खत्री (गोदावरी – ३ मालाखेती), मितेरी पार्टी नेपालका दिनेश कुमार मल्ल (गोदावरी २), नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का मोहन देव मिश्र (गोदावरी–२ अत्तरिया), नेपाल मानवतावादी पार्टीका यज्ञ बहादुर टमोटा (गोदावरी –३) र नेकपा एमालेका लेखराज भट्ट (गोदावरी–१) रहेका छन ।

यस्तै गौरीगंगाबाट उम्मेदवारी दिनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका खेम राज कोइराला (गौरीगंगा –१ मंगलपुर), नाउपा नेपालका धन बहादुर सुनार (गौरीगंगा – ५ अण्डैया), उज्यालो नेपाल पार्टीका सुभास कुँवर (गौरीगंगा –६ बनबेहडा) र नेपाल कम्युनिष्ट पार्टीका हरि राम चौधरी (गौरीगंगा –४) का रहेका छन । चुरेबाट उम्मेदवारी दिनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजवार (चुरे –१) र श्रम संस्कृति पार्टीका भिम बहादुर थापा मगर (चुरे –१ भासु) रहेका छन ।

यस्तै कैलालीको लम्कीचुहाबाट नेपाल मजदुर किसान पार्टीकी अमृता भुल (लम्कीचुहा –५ तिलकपुर) ले उम्मेदवारी दर्ता गरेकी छिन ।

यस्तै डोटीबाट नेपाली कांग्रेसका गोरख बहादुर बिष्ट (जोरायल–५ धुपारी), बाजुराबाट नेकपा (माओवादी) का भक्त बहादुर शाही (जगन्नाथ– २ बस्केना), र डडेल्धुराबाट राष्ट्रिय जनमोर्चाका हेमराज भट्ट (नवदुर्गा –१ कोटेली) ले उम्मेदवारी दर्ता गरेका छन ।