कञ्चनपुर – कन्चनपुरको बेरौरी नगरपालिकामा धोएको कपडा सुकाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

सोमबार बिहान साढे ८ बजे बेलौरी नगरपालिका–७ पौलाहकी हरिना चौधरी धोएको कपडा सुकाउने क्रममा बिजुलीको तार छोइँदा करेन्ट लागेर घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइएको थियो । उपचारकै क्रममा ९ः५० बजे चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


















