खाेज्नुहाेस

नेकपाद्वारा प्रतिनिधि सभाका लागि कैलाली – ४ बाट नव युवामा बमको नाम सिफारिस

Image
navjiwan hospital
अत्तरिया – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि नव युवा उम्मेदवारका रूपमा बम बहादुर विकको नाम सिफारिस गरेको छ ।
नेकपाको जिल्ला समितिले क्षेत्र नम्बर ४ बाट नव युवा कलस्टरबाट बमको नाम सिफारिस गरेको हो । बम दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका पूर्व स्ववियु सचिव हुन ।
नेकपाले प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना नव युवा र एक जना महिलाको नाम सिफारिस गरेको छ । सो क्रममा कैलाली क्षेत्र नम्बर ४ बाट महिलामा चुन कुमारी चौधरीको नाम सिफारिस गरिएको छ ।
खुला तर्फ भने कैलाली क्षेत्र नम्बर ४ बाट हरिराम चौधरी उत्सव, दीर्घ सोडारी, उद्धव भट्टराई, कृष्णराज सुबेदी, मीनराज बडू, लक्ष्मण कुवर र लक्षीराम आचार्यको नाम सिफारिस गरिएको छ ।
attariya hospital