खाेज्नुहाेस

रास्वपा गोदावरी – १ को सभापतिमा खडायत चयन 

Image
अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा सभापतिमा राम बहादुर खडायत चयन भएका छन् । शनिबार गोदावरी नगरपालिका – १ को प्रथम वडा अधिवेशनबाट खडायत सभापतिमा चयन भएका हुन ।
समितिको उपसभापतिमा बसन्ती भट्ट, सचिवमा सिता खड्का चयन भएका छन् ।
attariya hospital
navjiwan hospital
त्यस्तै सदस्यहरूमा कमला खडायत बोहरा, नरेन्द्र बहादुर खडायत, करन सिंह बोहरा, नर बहादुर ऐर र कर्ण बहादुर बोहरा चयन भएका छन् । रास्वपाका गोदावरी नगर अध्यक्ष दीपक ओझाको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा रास्वपाका प्रदेश सहमहामन्त्री गणेश बोहरा प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा बोल्दै उनले पछिल्लो समय रास्वपाको तीव्र गतिमा सङ्गठन विस्तार भइरहेको बताउँदै रास्वपा बलियो शक्तिका रूपमा उदाएको बताए । उनले विगतमा रास्वपामा आबद्ध भएकै कारण हेप्ने घोच्ने काम पनि भएकोमा अहिले समय फेरिएको बताए ।