खाेज्नुहाेस

सुदूरपश्चिमका ४ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने सरकारको निर्णय

Image

अत्तरिया – सरकारले सुदूरपश्चिमका ४ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । शुक्रबार साझ बसेको मन्त्रिपरिषद्को बैठकले बाजुरा, डोटी, दार्चुला र बैतडीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

navjiwan hospital

देशका ९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको सरकाले सुदूरपश्चिममा बाजुराको कोल्टी, डोटीको बीपीनगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको, मेलौलीमा इलाका प्रहरी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

attariya hospital

यी स्थानामा बिगत लामो समय देखि इलाका प्रशासन कार्यालय स्थापनाको लागि माग गरिदै आएको थियो । इलाका प्रशासन कार्यालय स्थापना भएपनि स्थानीयलाई हालको जिल्ला सदरमुकाम आउनु पर्ने बाद्यता हट्ने छ ।