खाेज्नुहाेस

कैलाली कञ्चनपुर र अछामबाट १३ फरार प्रतिवादी पक्राउ

Image
सांकेतिक फोटो
अत्तरिया – कैलाली कञ्चनपुर र अछामबाट प्रहरीले १३ जना फरार प्रतिवादी पक्राउ गरेको छ । शुक्रवार कैलालीबाट ९, कञ्चनपुर र अछामबाट २÷२ जना फरार प्रतिवादी पक्राउ परेका हुन ।
attariya hospital
navjiwan hospital
जिल्ला अदालत कैलालीको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका ९ जना फरार प्रतिवादीहरूलाई उनीहरूको घर ठेगानाबाट जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै जिल्ला अदालत कञ्चनपुरको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका २ जना फरार प्रतिवादीहरूलाई र जिल्ला अदालत अछामको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका २ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको छ ।